भारतीयलाई नागरिकता दिलाउन सिफारिस दिने काँग्रेसका वडाध्यक्ष पक्राउ

धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् ।
भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको बताए ।
उनका अनुसार चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए ।
अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी हुन् । जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दिनेश खवरबाट
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ बैतडीमा चितुवा आतंक कायमै दैनिक घरपालुवा जनावर मार्न थाल्यो
- २ रामारोशनको विकासका लागि पर्यटन विकास समितिको चाँसो
- ३ जनताका आवश्वकता अनुसार पहिलो बर्षको बजेट बिनियोजन गरेको : वडा अध्यक्ष शाही (कुराकानी सहित)
- ४ सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि
- ५ २४ घण्टामा ५ सय ५३ जनामा कोरोना पुष्टि, ४ सय ३३ जना निको
- ६ अछाममा आईतबार १ जनामा कोरोना भाइरसको संक्रमण
- ७ पहिराेले डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड अवरुद्ध
- ८ तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
प्रतिक्रिया दिनुहोस