पार्टी हित विपरीत काम गर्ने जनप्रतिनिधिलाई पार्टिकले कार्वाहि गर्छ : नेता साउद (कुराकानी सहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दीपक साउद ( तरङ्ग )ले पार्टीको नीति निर्देशन विपरीत काम गर्ने जनप्रतिनिधिलाई पार्टिकले कार्वाहि गर्ने बताउनु भएको छ ।

जिल्लामा निर्वाचित जनप्रतिनिधिले पार्टीको हित विपरीत काम गर्ने गरेको गुनासो बढेको बताउँदै नेता साउँदछे त्यस्ता जनप्रतिनिधिलाई पार्टिकले कार्वाहि गर्ने बताउनु भएको हो ।

रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै उहाँले जनप्रतिनिधिले पार्टी सँगै जनताको हित हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लाको रामा रोशन गाउँपालिकामा जनप्रतिनिधिको विवादका कारण सिलबन्दता गरिएको विषयमा नेता साउँदछे यस विषयलाई पार्टिकले गम्भीरताका साथ लिएको बताउनुभयो ।

जिल्लाको बया पाटा अस्पताल र जिल्ला अस्पताल मंगलसैनमा कोरोना जाँच प्रयोगशाला सञ्चालन हुन ढिलाइ भएको स्वीकार गर्दै साउँदछे बया पाटा अस्पतालमा कोरोना जाँच प्रयोगशाला सञ्चालनका लागी प्रयासरत रहेको उल्लेख गर्नु भएको छ ।

कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker