ओखलढुङ्गामा १५ शय्याको अस्पताल निर्माण गर्न बर्दादेवीका स्थानीय सहमत

दसैँ तथा तिहारको शुभकामना तथा छलफल कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीको आयोजनामा दसैँ तिहारको शुभकामना तथा १५ शय्याको अस्पताल निर्माणबारे छलफल कार्यक्रम जय गढमा सम्पन्न भएको हो । वडा अध्यक्ष कुल बहादुर शेट्टिको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउद प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा सङ्घीय सरकारबाट जय गढ स्वास्थ्य चौकीलाई स्तरोन्नति सँगै १५ शय्याको अस्पताल निर्माण गर्ने विषयमा छलफल गरिएको छ । कार्यक्रमका सहभागीहरूले वडा नम्बर ३ को ओखलढुङ्गामा १५ शय्याको अस्पताल निर्माणका लागी सहयोग गर्ने बताएका छन् ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागी ओखलढुङ्गामा जग्गादाताले जग्गा दान गरिसकेकाले ओखलढुङ्गामा नै १५ शय्याको अस्पताल निर्माण गर्नुपर्नेमा कार्यक्रमका सहभागीको जोड थियो । सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०७७ श्रावण २८ गतेको निर्णयअनुसार बान्नीगढी जय गढ गाउँपालिकाको जय गढ स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालका रूपमा स्तरोन्नति गरिने भएको हो ।

यही कार्तिक मसान्त सम्मा अस्पताल निर्माणको कार्य सुरु गरी सक्न मन्त्रालयले निर्देशन दिएको छ । समयमै अस्पताल निर्माण कार्य सुरु हुनेमा भने आशङ्का देखिएको छ । शुभकामना आदान प्रदान तथा छलफल कार्यक्रममा समाजसेवी तथा नेपाली काँग्रेसका पूर्व जिल्ला पार्टी सचिव टेक बहादुर साउद, नेकपाका जिल्ला सदस्य तथा बान्नीगढी जय गढ गाउँपालिका सह इन्चार्ज निर्मला साउद लगायतका अतिथि रहनु भएको थियो ।

वडा सदस्य खडक ठकुल्लाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन वडा सचिव समुन्द्रा बोगटीले गर्नु भएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker