Techie IT

रामारोशन गाउँपालिकामा लगाइएको ताला खोलियो : यस्तो छ विज्ञप्ति


गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले एकाधिकार चलाएको भन्दै अछामको रामारोशन गाउँपालिकामा उपाध्यक्षले लगाएको ताला उपाध्यक्ष रावल स्वयंले खोल्नु भएको छ ।

गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले गत बुधवार विज्ञप्ति नै सार्वजनिक गर्दै ताला लगाउनु भएको थियो ।

रावलले गाउँपालिका अध्यक्ष साउदले योजना छनौट, कार्यसम्पादन तथा कर्मचारी भर्नामा मनोमानी गरेको भन्दै अनिश्चितकाका लागि तालाबन्दी गर्नु भएको थियो ।

तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उत्पन्न समस्याबारे कमिटीमा छलफल गर्ने प्रतिबद्धता र गाउँपालिकामा काम कारबाही अगाडि बढाउन निर्देशन गरेपछि आइतबार उपाध्यक्ष रावलले विज्ञप्ति जारी गर्दै ताला खोल्नु भएको हो ।

रावलले विज्ञप्तिमा भन्नु भएको छ ‘पार्टी कमिटी अछामले छानबिन समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता सहितको विज्ञप्ति अनुसार छानबिन प्रक्रिया अगाडि नबढाउन्जेल अनिश्चित कालिन रूपमा गरिएको तालाबन्दीलाई यो प्रेस विज्ञप्ति मार्फत खोलिएको जानकारी गराउँदछु ।

गलत प्रवृति र कार्यशैली विरुद्ध आफू निरन्तर संघर्षरत रहेको कुरा पनि उपाध्यक्ष रावलले विज्ञप्ति मार्फत नै सार्वजनिक गर्नु भएको छ ।

जनताको जनजीविकाको सवाल र सेवा प्रवाह लाई मध्य नजर गर्दै जनताको जनमतको कदर गर्दै गाउँपालिकामा लगाइएको ताला खालेको गाउँपालिका उपाध्यक्ष रावलले बताउनु भएको छ ।

साथै रावलले आफूले उठान गरेको मुद्दा उपर छानबिन नगरेको खण्डमा पार्टीको विज्ञप्तिलाई आधार मानेर अघिल्लो सङ्घर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिनु भएको छ ।

गाउँपालिका उपाध्यक्ष रावलको बिज्ञप्ती
तालाबन्दीका विषयमा नेकपा अछामको प्रेस विज्ञप्ति
नेकपा रामारोशन गाउँपालिकाको निर्णय

क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस