Techie IT

दलित महिला सङ्घद्वारा बान्नीगढी र मंगलसेनका ३ सय परिवारलाई राहत वितरण


कमल रावल, कात्तिक १६ अछाम

मँगलसेन नगरपालिका वडा नम्बर ५ मा राहत वितरण गरिएको छ ।

वडा नम्बर ५ का ९२ घरपरिवारलाई खाद्यान्न सहित स्वास्थ्य र सरसफाईका सामाग्री राहत स्वरूप वितरण गरिएको हो ।

दलित महिला सङ्घ अछामद्वारा संन्चालित सीमान्तकृत महिलाहरूको आवाज तथा सहभागिता कोभिड १९ अन्तरगत प्रति परिवार २५ केजीको १ कट्टा चामल, दाल ४ केजी, २ केजी चना, तेल ३ लिटर, चिनी १ केजी, नुन १ केजी, हात र नुहाउने गरी ६ पिस साबुन, सेनेटरि प्याड १ र १० पिस सर्किजल मास्क हस्तान्तरण गरिएको छ । वडामा दलित समुदायमा गठित २ समूहका पदाधिकारी तथा सदस्य र विपन्न, मजदुर, बादि परिवार, अपागँ लगायतलाई राहत वितरण गरिएको छ ।

राहत वितरण गर्दै मंगलसेन नगर पालिकाका उपप्रमुख सरिता उपाध्यायले वास्तविक वर्गले राहत पाएकोमा खुसी व्यक्त गर्नु भयो । आगामी दिनमा समेत राहतका कार्यक्रम संस्था र स्थानीय सरकारको सहयोगमा निरन्तर जारी रहने बताउनु भयो ।

नगरका अन्य वडामा समेत चाडपर्वको बेलामा अभाव रहेका नागरिकलाई राहत बाडे स्रहानिय कार्य गरेको भन्दै प्रशंसा गर्नु भयो । दलित महिला सङ्घ अछामका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख सरिता उपाध्याय रहनु भएको थियो भने अन्य अतिथिमा मंगलसेन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य नृप खडका, रेडियो रामारोशनका सहायक स्टेसन म्यानेजर कमल रावल लगाएको सहभागिता रहेको थियो ।

दलित महिला सङ्घ अछामले कार्य क्षेत्रका वडामा वितरण गर्ने पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको परियोजना संयोजक लक्ष्मी सोले बताउनु भयो । यस अभियानमा कार्यक्षेत्र बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १,५ र ६ तथा मंगलसेन नगरपालिकाका वडा नम्बर ३,४,५,८ र ९मा राहत वितरण गरिएको सोले बताउनु भयो । अभियानमा बान्नीगढी जयगढ गाउँपालिका र मंगलसेन नगर पालिकाका ८ वडा गरी ३ सय घर परिवारलाई राहत वितरण गरिएको जानकारी दिनु भयो ।

समुदाय स्तरमै बाँडिएको राहत वितरण अभियान पहिलो चरणमा सफल भएकाले सहयोग गर्ने जनप्रतिनिधि, सरोकारवाला, संञ्चारकर्मि लगायतलाई अध्यक्ष सरस्वती नेपाली धन्यवाद ज्ञापन गर्नु भएको छ । आगामी दिनमा समेत अभियान विभिन्न चरणमा रहेर जारी रहने बताउनु भयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!