गाउँपालिका अधिकृत ओलीलाई कोरोना सङ्क्रमण

ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीलाई कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ ।

आइतबार कर्णाली प्रदेश अस्पतालमा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोनाको लक्षण सँग मिल्दोजुल्दो लक्षण देखा परेपछि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अधिकृत वलीले बताउनु भएको छ ।

कोरोना पोजेटिभ भए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । साथै आफ्नो प्रत्यक्ष सम्पर्क आएका सबैलाई पिसिआर जाँच गरी सुरक्षित रही सतर्कता अपनाउन हुन अनुरोध समेत गर्नु भएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker