मेल्लेख गाउँपालिकाद्धारा सार्वजनिक बस सेवा सुरु हुँदै

लाल चदारा ,अछाम

मेल्लेख गाउँपालिकाले सञ्चालन गर्न लागेको बस सेवाका लागी २ वटा बस गाउँपालिका आई पुगेका छन् ।

गाउँपालिकाले सञ्चालन गर्ने सार्वजनिक बस सेवाका लागी आज २ वटा सार्वजनिक बस मेल्लेख गाउँपालिकामा आई पुगेका हुन ।

सुदूरपश्चिम प्रदेश ०१००१ ख २३७४ र २३७५ नम्बरका दुई वटा बस आई पुगेका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाले बताउनुभयो ।

गाउँपालिकामा आई पुगेको दुई वटा बस चौखुट्टे , मेल्लेख, साँफेबगर बान्निगढि जयगढ मंगलसैन र षोडशादेवी बाट सञ्चालन हुने गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भएको छ ।

सार्वजनिक बसमा सिसी टिभी,जिपिएस प्रणाली,ईटिकट सेवा सहित अत्याधुनिक सेवाको व्यवस्था रहने अध्यक्ष बोहराको भनाई छ ।

तिहारको टीका सम्म दिदीबहिनी तथा महिलाको आवत जावत निःशुल्क गरिने र त्यसपछि कार्यपालिकाको बैठक बाट निर्णय पारित गर्दै ५० प्रतिशत छुटमा भाडा दर कायम गरी सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो ।

अछामका स्थानीय तह मध्य पालिका स्तरबाट सर्बजनिक बस सेवा सञ्चालन गर्नेमा अछामको मेल्लेख गाउँपालिका पहिलो स्थानीय तह बन्ने भएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

One Comment

  1. याे कार्यकाे लागि पालिकालाई धेरै धेरै बधाई छ कति अरुकाे गाडिमा महङ्गाे भाडा तिर्ने अछामका अरु पालिकालेनि सिकाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker