सिडिओ उपाध्यायको प्रशँसनिय कार्य नागरिकता सचेतना कक्षा : हेरौँ भिडियो

जिल्ला प्रशासन कार्यालय अछामले सुरु गरेको नागरिकता सचेतना कक्षा प्रभावकारी बन्दै गएको छ ।
नागरिकता लिन आउने सेवाग्राहीहरूलाई नागरिकता पाई सके पश्चात् जिल्ला प्रशासन कार्यालयले दिने सचेतना कक्षा प्रभावकारी बन्दै गएको हो ।
अछाम जिल्लामा गोकर्णप्रसाद उपाध्याय अछामको प्रमुख जिल्ला अधिकारी भएर भदौ १ गते हाजिर भएपछि उहाँले नै नागरिकता सचेतना कक्षा सुरु गर्नु भएको थियो ।
नागरिकताको प्रमाण पत्र हात पारेसँगै सर्वसाधारणलाई प्रमुख जिल्ला अधिकारीले नागरिकताको परिचय, यसको महत्त्व, संरक्षण, सदुपयोग, दुरुपयोगबारे सचेतना तथा जानकारी गराउने गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालय अछाममा नागरिकता प्रमाणपत्र तयार भएकाहरूलाई कार्यालयको प्राङ्गणमा जम्मा पारेर सुरुमा नागरिकता पाएर देशको वैधानिक नागरिक भएकोमा सबैलाई बधाई दिइन्छ भने नागरिकताको जीवनमा महत्त्व, यसको उपयोगिता, सुरक्षा र संरक्षणका उपाय तथा यसको दुरुपयोेग गर्दा हुने कानुनी सजायका बारेमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले सचेत गराउनु हुन्छ ।
यसै बिच राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले जिल्ला प्रशासन कार्यालय अछामले सञ्चालन गर्दै आएको नागरिकता सचेतना कक्षा कार्यक्रमको प्रशंसा गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमवारमा नागरिकता सचेतना कार्यक्रममा बोल्दै आयुक्त उहाँले नागरिकता सचेतना कक्षा नेपालमै अछाममा मात्र सञ्चालन गर्ने गरिएको बताउनुभयो । देशको वैधानिक नागरिक बन्नका लागी र सेवा सुविधा पाउनका लागी नागरिकता अनिवार्य रूपमा आवश्यक हुने भएकाले नागरिकता प्राप्त गरेसङै हुने फाइदा र सदुपयोगका विषयमा सचेतना कक्षा सञ्चालन हुनु सुखद भएको उल्लेख गर्नुभयो ।
यस्तै आयुक्त थापाले सूचनाको हक सम्बन्धी अझै पनि नागरिकहरू जागरूक बन्न नसकेको बताउनु भएको छ ।
हरेक निकाय,कार्यालय र सरकारले सञ्चालन गरेका विषयवस्तु लगायतका विषयमा प्रत्येक नागरिकहरूलाई सूचनाको हकको व्यवस्था भएकाले प्रत्येक नागरिकहरू सूचना लिन दिन जागरूक बन्नुपर्नेमा आयुक्त ओलीले जोड दिनुभयो ।
हेरौँ भिडियो :-