भारतमा पुनेमा कार्यरत नेपालीद्वारा रामारोशनका बाढि पीडितलाई राहत वितरण

रामारोशनका बाढि पीडितलाई राहत वितरण गरिएको छ । भारत पुणे शहरमा काम गर्ने नेपालीहरुले संकलन गरेको राहत वितरण गरिएको हो ।
गत भदौ २ गते कैलाश खोलामा आएको बाढिका कारण ज्यान गुमाएका ५ जना टुहुरा बालबालिकालाई राहत वितरण गरिएको हो । ५ जना टुहुरा बालबालिकालाई जनही १२ हजारका दरले राहत वितरण गरिएको हो ।
टुहुरा बालबालिकाको पढाई लेखाइमा सहज होस भन्ने उद्देश्यले राहत वितरण गरिएको नेपाली कामगार सेना भारत पुणे शहरका सचिव पहल लोहारले जानकारी दिनु भयो ।
यस्तै नेपाली कामगार सेना भारत पुणे शाहरमा काम गर्ने नेपालीहरूले रामारोशन गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा पनि २० हजार रुपैयाँ राहत स्वरूप जम्मा गरिएको जनाइएको छ ।
राहत वितरण कार्यक्रममा रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावल, नेकपा रामारोशन गाउँ सङ्गठन कमिटी अध्यक्ष कम्मान सिंह साउँद, नेपाल शिक्षक सङ्गठन साँफेबगर नगर कमिटी सचिव, गोकुल शाह, प्रवासी नेपाली सङ्घका पूर्व सचिव बिएस ओड, दलित नेटवर्कका अध्यक्ष राजेश ओड लगाएतको सहभागिता रहेको थियो।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस