कार्यकाल भित्रै मेल्लेखलाइ समृद्ध बनाउँछु : अध्यक्ष बोहरा (कुराकानी सहित)

मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले तिहार अगावै सार्वजनिक बस सञ्चालनमा ल्याउने बताउनु भएको छ ।

गाउँपालिकाले सर्वसाधारणको सेवाका लागी खरिद गरेका सार्वजनिक बस तिहार अगावै सञ्चालनमा आउने अध्यक्ष बोहराले बताउनु भएको हो ।

रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै अध्यक्ष बोहराले मेल्लेख गाउँपालिका देखी सदरमुकाम मंगलसैन,बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिकाका विभिन्न ठाउँमा बस सेवा सञ्चालन हुने उल्लेख गर्नुभयो ।

गाउँपालिकाका विभिन्न वडा सँगै गाउँपालिका बाहिरका स्थानीय तहमा बस सेवा सञ्चालनका लागी सहकार्य भइरहेको बोहराको भनाई छ ।

यस्तै गाउँपालिका अध्यक्ष बोहराले कोरोना सङ्क्रमण रोकथाममा पारदर्शी रूपमा बजेट खर्च गरिएको दाबी गर्नुभयो ।

आफ्नो कार्यकाल भित्रै गाउँपालिका समृद्ध बन्ने दाबी गर्दै अध्यक्ष बोहराले १५ शय्याको अस्पताल निर्माण,ग्रामीण उद्योग सञ्चालन,सबै वडामा राष्ट्रिय बिद्युत् लाइन बिस्तार लगायतका कार्य तीव्र रूपमा अगाडि बढाइएको उल्लेख गर्नु भयो ।

आफ्नो कार्यकाल भित्र गाउँपालिकाका आवश्यक सामाजिक तथा पूर्वाधार विकास कार्य सम्पन्न गरिसक्ने गाउँपालिका अध्यक्ष बोहराले दाबी गर्नु भएको छ ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरासँग गरिएको कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker