कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम रामारोशनमा सम्पन्न

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको आयोजनामा बडा दशै दिपावलि तथा ठटको अवसरमा रामारोशन गाउँ पालिका को मुजाबगरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस रामारोशन गाउँ कार्य पालिका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछामका सभापति भरत कुमार स्वार रहनु भएको थियोे । कार्यक्रम बोल्दै प्रमुख स्वारले रामारोशनको विकास समृद्धि र बाढी पिडित जनताका लागि आफू र आफ्नो पाटी अनवरत रुपमा लागेको आगामी दिनमा पनि पिडित जनताका लागि सकिने सहयोग गर्ने बताउनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल र पुर्व महासमिति सदस्य टिकाराम खनाल बिशेष्ठ अतिथि रहनु भएको थियोे भने अन्य अतिथिमा महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार जिल्ला सदस्य कृष्ण खड्का ललित साउद अछाम क्षेत्र न १ प्रदेश सभा ख का संयोजक डम्बर स्वार नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समिति उपाध्यक्ष भक्त वहादुर ठकुल्ला कांग्रेस क्षेत्रिय सदस्य नेत्र रावल लाल बहादुर बोहरा नेविसंघ पुर्व केन्द्रीय सदस्य काली बुढा चन्द्र विक बान्निगढी जयगड गाउँ पालिका वडा न २ का अध्यक्ष नेत्र साउद ४ का अध्यक्ष कर्ण ठकुल्ला रामारोशन वडा न ७ का अध्यक्ष खडका भण्डारी नेविसंघ जिल्ला सदस्य पुष्प बिष्ट दल ब साउद तरुण दलका रेमति साउद विद्यार्थी नेता लक्ष्मी बोगटी दलित संघ प्रतिनिधि सारदा विक लागायतको सहभागी रहेको कार्यक्रमको स्वागत मन्तव्य चन्द्र विक ले राख्नु भएको थियोे ।
कार्यक्रम सन्चालन नेपाली कांग्रेस रामारोशनका सचिब पुर्ण विकले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस