बाजुराका विपन्न परिवारलाई सुदूर पश्चिमेली नेपाली समाज जापानको सहयोग

बाजुरा बुढीगंगा नगरपालिकामाु विभिन्न वडाका अति विपन्न ५५ घर परिवारलाई सुदूर पश्चिमेली नेपाली समाज हरुको संयुक्त अभियान मार्फत खाद्यान्न सामग्री वितरण गरिएको छ ।
समाजले मङ्गलवार एक कार्यक्रमको आयोजना गरी बाजुरा बुढीगंगा नगरपालिका वडा नं १ ,२,४,५,६ र ७ वडामा रहेका अति विपन्न ५५ घर परिवारलाई खाद्यान्न ९चामल दाल तेल नुन ० सामग्री वितरण गरिएको केन्द्रीय महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।
वर्तमान परिस्थितिमा पीडित परिवारहरूको समस्यालाई मध्यनजर गर्दै अति आवश्यक खाद्यान्न सामाग्रीहरू उपलब्ध गराई केही हद सम्म मलहम लगाउने उद्देश्यले राहत वितरण गरेको केन्द्रीय अध्यक्ष धनबहादुर बलायर बताए ।
विभिन्न मुलुकमा छरिएर रहेका सुदूर पश्चिमेली, नेपाली हरुलाई आई पर्ने समस्याहरूको समाधानका साथै नेपालमा प्राकृतिक दैविक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागी ,सुदूर पश्चिमेली नेपाली समाजहरूको पहलमा स्थापना गरिएको आपत्कालीन राहत कोष मार्फत उक्त राहत वितरण गरिएको महिला उपाध्यक्ष शु्मी शाहीले बताउनुभयो ।
सुदूर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नेपाल संयोजक चेतन थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा नगरपालिका का मेयर दीपक विक्रम शाह रहनु भएको थियो।
यस्तै बुढीगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष केशव बहादुर थापा ,सुदूर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय तदर्थ समितिका सदस्य भरत थापा,सुदूर पश्चिमेली नेपाली समाज कतारका संस्थापक सल्लाकार,भीम बहादुर बलायर, बाजुरा जिल्ला समन्वय समिति सदस्य हिकमत थापा,समाज सेवीहरू चक्र बलायर, वीर बहादुर रावल, सुशीला मिजार , रङ्ग बहादुर खाती, सञ्चार कर्मी तथा स्थानीयहरूको सहभागिता रहेको समाजका नेपाल संयोजक चेतन थापाले बताए ।
यस परोपकारी कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण राष्ट्रिय समाज, कार्यकारी समिति पदाधिकारी तथा सम्पूर्ण सहयोगी हातहरूलाई सुदूर पश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको द-एसिया संयोजक एव प्रचार-प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले जानकारी दिनुभयो ।