Techie IT

कर्मचारी भर्नामा रामारोशन गाउँपालिका अध्यक्ष साउँदले घुस खाएको चर्चा


रामारोशन गाउँपालिकामा कर्मचारी भर्ना तथा नियुक्तिमा गाउँपालिका अध्यक्ष झँकर साउँदले घुस खाएको आरोप लागेको छ ।

गाउँपालिकामा आवश्यक विभिन्न पदका लागि कर्मचारी भर्ना गर्दा गाउँपालिका अध्यक्ष साउँदले घुस खाएर कर्मचारी भर्ना गरेको आरोप लागेको हो ।

गाउँपालिकामा कर्मचारी भर्ना गरिदिने भन्दै गाउँपालिका अध्यक्ष साउँदले केही व्यक्तिबाट रकम उठाएको तर पैसो उठाएका मानिसलाई जागिर नदिएर मूल्य बोलकबोलमा धेरै रकम दिनेलाई भर्ना गरेपछि अग्रिम पैसा दिएकाहरूको रकम फिर्ता गरेको स्वयम सर्वसाधारणले बताउन थालेका छन् ।

रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले पनि कर्मचारी भर्नाका लागि स्थानीयले गाउँपालिका अध्यक्ष साउँदले मागे अनुसार रकम दिएको र पछि अर्कै व्यक्तिलाई गाउँपालिकामा नियुक्त गरेपछि घुस रकम फिर्ता गरेको ती सर्वसारणले आफूलाई बताएको दाबी गर्नु भएको छ ।

गाउँपालिका अध्यक्ष साउँदले एकात्मक ढङ्गबाट गाउँपालिका चलाएको भन्दै एक विज्ञप्ति जारी गर्दै गाउँपालिकामा तालाबन्दी गरेको सार्वजनिक गर्दै उपाध्यक्ष रावले कर्मचारी भर्नामा अध्यक्षले आर्थिक लाभ लिएको उल्लेख गर्नु भएको थियो ।

उपाध्यक्ष रावलले गाउँपालिकामा तालाबन्दी गरेसँगै प्रकाशित गरेको विज्ञप्ति :-

 

उपाध्यक्ष सरस्वती रावलले सार्वजनिक गर्नु भएको बिज्ञप्ती

 

विज्ञप्ति मार्फत कर्मचारी भर्नामा आर्थिक अनियमितता भएको आरोप लगाएकी रावलले रेडियो बान्नीगढीको बहस मूलक कार्यक्रम बान्नीगढी विशेषमा गाउँपालिकामा कर्मचारी भर्नाका नाममा अध्यक्ष साउँदलाई घुस दिएकाहरूले नियुत्ती नपाएपछि घुस दिएको रकम फिर्ता गरेको खुलासा गरेकोबारे जानकारी गराउनु भएको थियो ।

गाउँपालिका उपाध्यक्ष सरस्वती रावलसंगको कुराकानी :-

उसो त गाउँपालिका अध्यक्ष झंकर साउँदले कर्मचारी भर्नामा आर्थिक अनियमितता गरेको भन्दै नेपाली काँग्रेस रामारोशन गाउँ कार्य समितिले विज्ञप्ति सहित मुजाबगरमा गाउँपालिका सरकार विरुद्ध प्रदर्शन समेत गरेको थियो ।

नेपाली काँग्रेस रामारोशन गाउँ कार्य समितिले असोज २० गते प्रेस विज्ञप्ति प्रकाशित गर्दै कर्मचारी भर्नामा आर्थिक चलखेल भएको विषय छानबिन गर्न माग गरेको थियो ।

नेपाली काँग्रेस रामारोशनले प्रकाशित गरेको विज्ञप्ति :-

यस्तै असोज २३ गते काँग्रेसले गाउँपालिका सरकार र सरकार प्रमुख विरुद्ध मुजाबगरमा विरोध प्रदर्शनका साथै कर्मचारी भर्नामा आर्थिक अनियमितता भएको आरोप लगाएको थियो ।

रामारोशन गाउँपालिका विरुद्ध काँग्रेसको मुजाबगरमा प्रदर्शन

यस्तै रामारोशन गाउँपालिकामा कर्मचारी भर्नामा आर्थिक अनियमितता भएको स्वयम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रामारोशन गाउँ सङ्गठन कमिटी अध्यक्ष कम्मान साउँद (जोशिला)ले समेत सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

नेकपा रामारोशन गाउँ सङ्गठन कमिटी अध्यक्ष कम्मान साउँद जोशिलाको फेसबुक स्ट्याटस :-


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस