रामारोशन पर्यटकीय क्षेत्रको विकासका लागी सबैसँग सहकार्य गरी अघि बढ्ने : अध्यक्ष रावल

रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर रावलले रामारोशन पर्यटकीय क्षेत्रको विकासका लागी सबै सँग सहकार्य गरी अगाडि बढ्ने बताउनु भएको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको रामारोशनलाई पर्यटकीय क्षेत्रका रूपमा बिस्तार गर्न सबै सरोकारवालासंग सहकार्य गरी अघि बढ्ने बताउनु भएको हो ।

रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै नव नियुक्त अध्यक्ष रावलले रामारोशन पर्यटकीय क्षेत्रलाई उचित ढङ्गले व्यवस्थापन तथा विकास गर्न सके अछामको समृद्धिमा ठुलो सहयोग पुग्ने बताउनुभयो ।

समिति गठन भरसके पश्चातका कार्यहरू अगाडि बढाउन कार्यविधि र नियमावली लगायतका कार्यमा छलफल भरसके पश्चात् आवश्यक सम्पूर्ण क्रियाकलाप अगाडि बढाउने उहाँले उल्लेख गर्नु भएको छ ।

पर्यटकहरूलाई भित्र्याउनका लागी पर्यटकीय मार्ग निर्माण,सडक बिस्तार, प्रचार प्रसार, होटेल तथा होम स्टे व्यवस्थापनमा जोड दिइने अध्यक्ष रावलले बताउनुभयो ।

धर्म,सस्कृती र स्थानीय परिकारलाई पनि पर्यटनसंग जोड्दै स्थानीय युवा तथा सर्वसाधारणलाई स्वरोजगार बनाउन तर्फ अग्रसर रहने समेत उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।

पछिल्लो समय रामारोशन क्षेत्रमा रहेका ताल तलैया संरक्षणको अभावमा मासिँदै जानुका साथै वन्यजन्तुको चोरी निकासी भइरहेकाले यसको रोकथामका लागी समेत ध्यान दिइने अध्यक्ष रावलले बताउनुभयो ।

यस अघि रामारोशन पर्यटन क्षेत्रको नाममा भ्रष्ट्चार मौलाएको भए पनि आफू नेतृत्वको पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिले पारदर्शी रूपमा नमुना काम गर्ने अध्यक्ष रावलले दाबी गर्नु भएको छ ।

सुनौँ रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति अध्यक्ष चक्र रावलसङ गरिएको कुराकानीको सम्पादित अंश
कुराकानी : चक्र रावल

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker