Techie IT

अछाममा भएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि


अछाम:
अछाममा भएको कोरोना परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ जना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कमबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार अछामको कमलबजार नगरपालिका वडा नम्बर ३ र ८ का २ जना, कैलालीको टीकापुर नगरपालिका–१ का १ जना र बाजुराको बुढीगंगा नगरपालिका–५ एक जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म कमलबजार नगरपालिकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा हालसम्म १५ सय ४१ जनामा कोरोना परीक्षण हुँदा ८९ जनामा कोरोना संकमण पुष्टि भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस