बर्दियामा मोटरसाइकल दुर्घटनामा परी श्रीमान् श्रीमतीको मृत्यु

सडक दुर्घटना परी श्रीमान् श्रीमतीको एकैचोटी ज्यान गएको छ । बर्दियाको हुलाकी सडक खण्ड नेपालगन्ज गुलरियामा पर्ने पचासामा सडक दुर्घटनामा परी श्रीमान् श्रीमतीको ज्यान गएको हो ।

नेपालगन्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ को ट्याक्टर एक आपसमा ठक्कर खाँदा बर्दियाको पचासा वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृत्यु भएको हो ।

अर्जुन २५ वर्षका थिए भने उनकी श्रीमती २३ वर्षकी थिइन् । बर्दियाको बढैया ताल गाउँपालिका बडा नं ८ पचासा नजिक गए राति करिब ८ बजेतिर ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार श्रीमान् र श्रीमतीकै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर अवस्थामा रहेका रिमाल दम्पतीलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो । उपचारकै कर्ममा दुवैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ । ट्राफिक प्रहरीका अनुसार ट्याक्टर र चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठ बोकेर तीव्र गतिमा आएको ट्याक्टरले ठक्कर दिँदा उक्त घटना भएको स्थानीयले बताए । प्रहरीले ट्याक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमान खानलाई पक्राउ गरिएको जनाएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

One Comment

  1. Several plastics can perform at 160 degrees C. Torlon, Teflon, PEEK and Ultem come to mind. Your choice will likely depend on the application and what are properties are important. Dasi Connie Kielty

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker