पालिका स्तरीय भलिबल प्रतियोगिता दर्नामा सुरु

पालिका स्तरीय भलिबल प्रतियोगिता दर्नामा सुरु भएको छ ।
पञ्चदेवल अनुरा युवा सूचना केन्द्र दर्नाको आयोजनमा पालिका स्तरीय भलिबल प्रतियोगिता बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा सुरु भएको हो ।
पञ्चदेवल अनुरा युवा सूचना केन्द्रका अध्यक्ष खेमराज ओझाको अध्यक्षतामा भएको भलिबल प्रतियोगीताको उद्धघाट्न समारोहमा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले कोभिड १९ कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी खेल सञ्चालन गर्न आग्रह गर्नुभयो ।
खेलकुद तथा युवाको विकासका लागी सक्दो सहयोग गर्न तयार रहेको बताउँदै गाउँपालिका अध्यक्ष खड्काले युवाहरू रचनात्मक क्रियाकलापमा सक्रिय बन्नुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष नेत्र साउँद,कर्ण कुल्ला, कृष्ण कडायत , कार्यपालिका सदस्य केशर बिक विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रमको संचालन गोकुल ठकुल्लाले गर्नु भएको थियो ।
५१ हजार प्रथम पुरस्कार राशि भएको खेलकुद प्रतियोगितामा जिल्लाका २७ वटा टिमको सहभागिता रहेको खेलकुद प्रतियोगिता संयोजक तपेन्द्र साउँदले बताउनु भएको छ ।