मंगलसेन नगरपालिका १ का ४२ जना किशोरीलाई राहत वितरण

कार्यमुलक साक्षरता कक्षाका सहभागीहरुका लागि राहत बितरण कार्यक्रम मंगलसेन नगरपालिका वडानम्वर १ मा सम्पन्न भएको छ ।
वाक नेपालको सहयोग र मंगलसेन नगरपालिकाको सहजिकरणमा राहत वितरण गरिएको हो । कक्षा सञ्चालन भएका वाक नेपालका अध्यक्षता मीन बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा रहेका थिए ।
राहत बितरण गर्दै नगरप्रमुख बोहराले बिद्यालय बिमुख किसोरिहरुलाई साक्षर बनाउन र बृहत् यौनिक शिक्षाका बारेमा जानकारी गराउनका साथै उनिहरुलाई राहत समेत बितरण गरेकामा धन्यवाद ब्यक्त गरे ।
शिक्षा, स्वास्थ्य र सरसफाईका कार्यमा जिम्मेवार हुन किशोरी तथा महिलाहरुलाई नगर प्रमुख बोहराको आग्रह छ । कोरोना भाईरसबाट बच्नका लागि सरसफाइमा ध्यान दिने, मास्क लगाउने र भिडभाडमा नजाने लगायतका कुरामा ध्यान दिन अनुरोध गरे ।
नगर प्रमुख बोहराले ब्यावसायिक कृषि र पशुपालन तर्फ स्थानीयले जोड दिएमा नगरपालिका बाट विभिन्न अनुदानका कार्यक्रम उपलब्ध गराईने उल्लेख गरे । कार्यक्रमका बिशिस्ट अतिथि वडा अध्यक्ष गोपाल थापा रहेका थिए ।
वडा अध्यक्ष थापाले वडामा ४२ जना किसोरिहरुलाई राहत बितरण गरेकोम वाक नेपाललाई धन्यवाद दिए । संस्थालाई आगामि दिनमा पनि किशोरीलाई लक्षित कार्यक्रम सञ्चालन गरिदनि आग्रह गर्दै अध्यक्ष थापाले वडाको तर्फबाट सम्पूर्ण सहयोग गरिने प्रतिबद्धता ब्यक्त गरे ।
राहत बितरण कार्यक्रममा २ वटा कक्षाका ४२ जनालाई प्रतिब्यक्ति ३० किलो चामल, दाल ३, नुन २ चिनि २ तेल २ लिटरका दरले खाद्यान्न र स्वास्थ्य सामग्री गरि एक जनालाई ५ हजार ७ सय १९ बराबरको सामाग्रि बितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन वाक नेपालका कविराज जोशिले गरेका थिए ।
सुदूरआज बाट
क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस