करेन्ट लागी घाइते थापाको उपचारमा आर्थिक अभाव

पञ्चदेवल अनुरा युवा क्लब दर्नाले सूर्य थापा बचाउ अभियान सुरु गरेको छ ।
दर्ना लघु जलविद्युत सहकारी संस्थाका अपरेटर सूर्य थापाको जीवन रक्षाका लागी क्लबले आर्थिक सङ्कलन गर्न सूर्य थापा बचाउ अभियान सुरु गरेको हो ।
यही कार्तिक २५ गते बिद्युत् मर्मतका क्रममा शक्त घाइते भएका थापाको काठमाण्डौमा उपचार भइरहेको छ । धर्ना लघु जल बिद्युत् सहकारी संस्थाका अपरेटर थापा कार्तिक २५ गते बिद्युत् मर्मतका क्रममा करेन्ट लागी शक्त घाइते हुनु भएको थियो ।
उपचारका लागी बयालपाटा अस्पताल हुँदै नेपालगन्ज लगिएका थापालाई काठमाडौँ रेफर गरिएपछि हाल काठमाण्डौमा उपचार भइरहेको छ ।
आर्थिक अभावका कारण थापाको उपचारमा समस्या भए पश्चात् पञ्चदेवल अनुरा युवा क्लबले आर्थिक सहायता सङ्कलनका लागी सूर्य थापा बचाउ अभियान सञ्चालन गरेको क्लबका अध्यक्ष खेमराज ओझाले बताउनुभयो । ओझाका अनुसार हालसम्म थापाको उपचारका लागी करिब १ लाख ५० हजार आर्थिक सङ्कलन भएको छ ।
आर्थिक अभावका कारण उपचारमा ढिलाइ भइरहेकाले थापाको जीवन रक्षाका लागी सक्दो सहयोग गर्न सवैमा अध्यक्ष ओझाले आग्रह समेत गर्नु भएको छ ।
थापाको उपचारका लागी आर्थिक सहयोग गर्न चाहाने महानुभावहरूले राष्ट्रिय वाणिज्य बैङ्क मंगलसेन शाखामा रहेको पञ्चदेवल अनुरा युवा क्लबको खाता नम्बर ४२६०१०००११४७६००१ मा रकम जम्मा गर्न सक्नेछन् ।