Techie IT

अछाममा थप ३ जनामा कोरोना सङ्क्रमण,कुन पालिकामा कति ?


अछाममा गरिएको परीक्षणमा आज ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा आज जिल्लाका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण पुष्टि हुनेमा मंगलसैन नगरपालिकाका १ जना र साँफेबगर नगरपालिकाका २ जना रहेका छन् ।

नयाँ ३ जनामा कोरोना सङ्क्रमित थपिएसंगै अछाममा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । सक्रिय सङ्क्रमितमा सबै पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

सक्रिय सङ्क्रमितमा मंगलसैन नगरपालिकाका १८ जना, साँफेबगर नगरपालिकाका ५ जना र कमलवजार नगरपालिकाका २ जना रहेका छन् ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस