मन्त्री सुवेदीलाई कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा सङ्क्रमण पुष्टि भएको हो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अहिले मन्त्री सुवेदी होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ ।
यसअघि उनको सचिवालयका एक जना स्वकीय सचिव, एक जना निजी स्वकीय सचिव, २ जना पिएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो ।