Techie IT

डडेल्धुरामा भाइटिका लगाएर आएकी श्रीमतीको श्रीमानद्वारा हत्या


डडेल्धुरामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।

अत्यधिक मदिरा सेवन गरेर उनले हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार माइतबाट दाजुभाईलाई टिका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा श्रीमानले कुटपिट गरेको स्थानीयले बताएका छन् ।

कुटपिटका क्रममा घरको भित्तामा टाउको ठोक्किएर पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई पक्राउ गरेको उनले बताए ।

शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दिनेश खवरबाट


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस