नेकपा फुट्ने विपक्षीको आशा दिवा सपना : नेता डा.रावल ( पूर्ण सम्बोधन सहित )

पूर्व उपप्रधानमन्त्री तथा नेकपाका प्रभावशाली नेता डाक्टर भीम रावलले नेकपा पार्टी कुनै पनि हालतमा फुट्न नसक्ने दाबी गर्नु भएको छ ।

जनताको चाहाना अनुसार पार्टी एकता भएको दाबी गर्दै नेता रावलले कुनै निश्चित व्यक्तिको इच्छा चाहानाले पार्टी फुट्न नसक्ने बताउनु भएको हो ।

प्रतिपक्ष दलले नेकपा फुट्ला र आफूहरूलाई फाइदा होला भनेर सोच्नु दिवा सपना मात्रै हुने रावलको भनाई छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )पार्टीको विधि,विधान सम्मत चल्ने पार्टी भएको दाबी गर्दै नेता रावलले पार्टी एकता थप मजबुत बनाउँदै लैजानका लागी पार्टीका विभिन्न कमिटीमा छलफल गरिने र छलफलबाटै समस्याको समाधान हुने दाबी गर्नुभयो ।

नेकपा बान्नीगढी जयगढ गाउँपालिका सङ्गठन कमिटीको आयोजनामा जयगढमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले अछामको विकासका लागी अफुहरु प्रतिबद्ध भएर लागी परेको दाबी गर्नुभयो ।

नेकपा अछामको पहल तथा नेकपाबाट निर्वाचित सांसदहरूको प्रयासबाट जयगढ रामारोशन, जयगढ मेल्लेख सडक निर्माण लगायत पूर्वाधार विकासका कार्यहरू सञ्चालन भइरहेको रावलको भनाई छ ।

नेकपा नेतृत्वको प्रदेश सरकार र अछाम जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूको पहलमा जिल्लामा महत्त्वाकाङ्क्षी योजनाहरू कार्यान्वयन चरणमा रहेको रावलले बताउनुभयो ।

साँफेबगर विमानस्थल सञ्चालन पश्चात् यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनको विकासका लागी पर्यटन समिति गठन,बुढिंगगा जलविद्युत आयोजना सञ्चालन,सेती लोक मार्ग निर्माण ,बैजनाथ पर्यटन समिति गठन लगायतका कार्यहरू कार्यान्वयन चरणमा रहेको र छिट्टै पुरा भईसक्ने समेत नेता रावलले दाबी गर्नुभयो ।

कार्यकर्ता भेटघाट कार्यक्रमका सहभागीहरु

नेकपा बान्नीगढी जयगढ गाउँ सङ्गठन कमिटी अध्यक्ष तरुण खड्काको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा अछामका इन्चार्ज तारामान स्वार, जिल्ला अध्यक्ष शेर बहादुर कुँवर, प्रदेश कमिटी सदस्य तथा मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा,साँफेबगर नगरपालिकाका नगर उप प्रमुख बिर्मला बुढ्थापा नेकपा बान्नीगढी जयगढ गाउँपालिका इन्चार्ज लोक बहादुर साउँद लगायतका अतिथि रहनु भएको थियो ।

यसै बिच कार्यकर्ता भेटघाट कार्यक्रममा दर्जनौँ कार्यकर्ता नेकपा प्रवेश गरेका छन् । बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न वडाबाट करिब ५ दर्जन कार्यकर्ता अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।
पुर्ण सम्बोधन :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker