Techie IT

जयगढको होटेल ईभा एण्ड रिसोर्टमा दिनदहाडै चोरी ( भिडियो सहित )


जयगढमा रहेको एक होटेलमा दिन दहाडै चोरी भएको छ ।

साँफे जयगढ सडक खण्ड अन्तर्गत देवल बजार नजिकै रहेको होटेल ईभा एण्ड रिसोर्टमा बुधवार दिउसो चारी भएको हो ।

होटेलका संचालक होटेल बन्द गरी अस्पताल गएको मौकामा बुधवार अपराह्न ४ बजे तिर होटेलमा चोरी भएको सञ्चालन निरञ्जन स्वारले बताउनु भएको छ ।

संचालक स्वारका अनुसार होटेलको कोठा तोडेर दराजमा राखिएको करिब ५० हजार नगद चोरले चोरी गरेका छन् ।

धनमाल चोरी सँगै अन्य धनमालमा क्षेती पुर्‍याएको भए पनि चोरले सुनचाँदीका गरगहना भने चोरले कोठामै छोडेर गएको संचालक निरञ्जन स्वारले बताउनुभयो ।

यस अघि गत माघ महिनामा पनि जयगढ बजारमा रहेको विभिन्न ३ वटा पसलबाट नगद सहित धनमाल चोरी भएको थियो ।

होटेलमा दिन दहाडै चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको जयगढ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेशराज भट्टले बताउनु भएको छ ।

भिडियो सहित :


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस