दशै तथा तिहार सकिए सँगै बाहिरिनेको सङ्ख्या बढ्दो

दशैँ तथा तिहार सकिएसँगै जिल्ला बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्न थालेको छ ।
दशै तथा तिहार मनाउ गाउँघर फर्किएका नागरिकहरू जिल्ला बाहिर जान थालेपछि जिल्लाबाट बाहिरिनेको सङ्ख्या बढ्दै गएको हो ।
दशै तथा तिहार मनाउन जिल्ला बाहिर अध्ययन तथा रोजगारीको सिलसिलामा रहेको हजारौँ नागरिक अछाम भित्रिने गर्दछन् ।
रोजगारी तथा पढाईको सिलसिलामा देशका विभिन्न शहरसंगै देश बाहिर रहेका नागरिकहरू अछामबाट बाहिरिन थालेपछि अहिले अछामबाट कैलाली कञ्चनपुर लगायतका ठाउँमा जाने सार्वजनिक सवारी साधनमा समेत यात्रुहरूको घुइँचो लाग्न थालेको छ ।
रिभर साइड यातायात जयगढका काउन्टर इन्चार्ज खेमराज खड्काका अनुसार तिहार सकिएसँगै अहिले जयगढबाट मात्रै दैनिक रूपमा करिब १ सय यात्रुहरू जिल्ला बाहिरिने गरेका छन् भने केही पछिको टिकट पनि अग्रिम रूपमा बुकिङ हुन थालेका छन् ।
अहिले अछामका विभिन्न बजार क्षेत्रमा जिल्ला बाहिर जानका लागी आउने यात्रु तथा सर्वसाधारणको भिडभाड लाग्ने गरेको छ ।
कोरोना सङ्क्रमणको जोखीमका बिचमा जिल्ला बाहिरिने यात्रुहरूको सङ्ख्या र बजार क्षेत्रमा हुने भिडभाडले कोरोना सङ्क्रमण फैलने सक्ने जोखिम बढेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।
रिभार साइड यातायात जयगढका इन्चार्ज खेमराज खड्काका अनुसार बसमा यात्रा गर्ने यात्रुहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी मास्क लगाएर यात्रा गर्न अनुरोध गर्ने गरिएको छ । यात्रुहरूलाई गन्तव्य स्थलसम्म पुर्याई सकेपश्चात् सवारी साधनलाई अनिवार्य रूपमा स्यानीटाईज गर्ने गरिएको खड्काले दाबी गर्नुभयो ।
जिल्ला बाहिरिने यात्ररुहरुको भिडभाडका कारण जयगढका पसलमा भिडभाड हुन थालेको जयगढ रोड बजारमा रहेको एलोन ट्रेड एण्ड सप्लायर्सका संचालक संगम कुमार साउँदले बताउनु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस