अनेरास्ववियू अछामको एकता पछिको पहिलो बैठक सम्पन्न

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू अछामको एकता पछिको पहिलो बैठक सम्पन्न भएको छ ।

अनेरास्ववियू अछामको एकता पछिको पहिलो बैठक अनेरास्ववियूका जिल्ला संयोजक धुर्ब रावलको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य डा. भीम रावल रहनु भएको थियो । स्थायी कमिटी सदस्य डा.रावलले एकता पछिको अनेरास्ववियूका पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनु भएको थियो ।

बैठकका विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज तारामान स्वार रहनु भएको थियो ।

यस्तै बैठकमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा अछाम जिल्ला सहसंयोजक शरद सिंह भण्डारी, नेकपा अछामका अध्यक्ष शेर बहादुर कुँवर, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गोविन्द कुँवर, बल बहादुर सोडारी, झंकर साउँद, नेकपा अछामका सचिव झपट साउँद, अनेरास्ववियूका केन्द्रीय लेखा आयोगका सचिव मदन कुमार भुल, केन्द्रीय सदस्य हिरेन्द्र शाही, गम्भीर साउँद, कमल तिमिल्सेना, अनेरास्ववियूका पूर्व जिल्ला अध्यक्ष तिलक ठकुल्ला लगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।

बैठकको सञ्चालन अनेरास्ववियूका जिल्ला सहसंयोजक निरक शाहीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker