Techie IT

नेकपा अछामको बैठक सम्पन्न, यस्ता छन् निर्णय


नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामको चौथो बैठक सदरमुकाम मंगलसैनमा सम्पन्न भएको छ ।

जिल्ला कमिटी अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डा.भीम रावल रहनुभएको थियो ।

नेता रावलले कार्यकर्ता गुटउपगुटमा नलागी पार्टी सङ्गठनलाई सुदृढ बनाउने अभियानमा लाग्ने निर्देशन दिनुभएको छ । उहाँले पार्टी एकताको लागि स्थानीय स्तरबाट दबाब दिनुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै बैठकले जिल्ला कमिटी सदस्यमा प्रेस सङ्गठनका केन्द्रीय सदस्य राजेन्द्र कुँवर, प्रेस सङ्गठनका जिल्ला संयोजक नरेन्द्र रावललाई चयन गरेको छ ।

बैठकले सदस्यता नवीकरण गर्ने कार्यलाई निरन्तरता दिने, जनप्रतिनिधि र पार्टीबिच अन्तरक्रिया गर्ने, पार्टी नेतृत्वलाई एकताबद्धको लागि दबाब दिने लगायतका निर्णय गरेको कार्यालय सचिव नमराज न्यौपानेले जानकारी दिनुभएको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज तारामान स्वार ,केन्द्रीय सदस्य तथा अछाम जिल्ला सहसंयोजक शरद सिंह भण्डारी, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गोविन्द कुँवर, लोकबहादुर वोहरा, बल बहादुर सोडारी, झंकर साउँद लगायतको सहभागिता रहेको थियो ।

बैठकको सञ्चालन पार्टी सचिव झपट साउदले गर्नुभएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!