अछामका सामाजीक अगुवा रावललाई हेलीकप्टर मार्फत काठमाण्डौ लगीयो

अछामका सामाजिक अगुवा गोकर्ण रावलको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागी हेलिकप्टर मार्फत काठ्माण्डौ लगिएको छ ।

अरिङ्गालको टोकाईबाट गम्भीर घाइते भएका रावललाई शुक्रवार थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौँ लगिएको हो ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ निवासी ४८ वर्षीय सामाजिक अभियन्ता रावललाई यही मङ्सिर २ गते घर नजिकै अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाईबाट गम्भीर घाइते हुनुभएका रावललाई उपचारका लागी बयालपाटा अस्पताल भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सेती अस्पताल धनगढीमा उपचारका लागी भर्ना गरिएको थियो ।

सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागी काठमाण्डौँ लगीएका रावलको हेलीकप्टर खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराको सचिवालयले जानकारी दिएको छ ।

भेन्टिलेटर सहित हेलिकप्टरमा काठमाडौँ लगाीएका रावलको ग्राण्डी अस्पतालमा उपचार हुने छ । सामाजिक अभियन्ता गोकर्ण रावल गैर सरकारी संस्था मालिका विकास संघमा आबद्ध हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker