Techie IT

नेकपा अछामका नेता तथा कार्यकर्ता एक ढिक्का भई अघि बढ्ने : सचिव साउँद


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछामका सचिव झपट साउँदले नेकपा अछाम एक ढिक्का भई अगाडि बढ्ने दाबी गर्नु भएको छ ।

नेकपा जिल्ला कमिटी अछामको बिहीबार सम्पन्न बैठकले जिल्लामा पार्टीलाई मजबुज बनाउँदै लैजानका लागी सबै एक ढिक्का भई अघि बढ्ने निर्णय गरेको सचिव साउँदले बताउनु भएको हो ।

केन्द्रमा पार्टी फुट्छ कि भन्ने प्रतिपक्षको सपना र भ्रम कुनै हालतमा पुरा हुन नसक्ने बताउँदै नेता साउँदले अछाममा पार्टी फुट्ने झनै सम्भावना नरहेको उल्लेख गर्नुभयो ।

रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै नेता साउँदले कोरोना कहरका कारण लामो समयदेखी पार्टीको कार्यकर्ता भेटघाट लगायतका कार्य हुन नसकेकाले यस विषम परिस्थितिमा पार्टीका आवश्यक क्रियाकलाप अगाडि बढाइएको बताउनुभयो ।

कोरोना सङ्क्रमणको जोखीमका बिचमा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम आयोजना गर्दै गर्दा प्रभावशाली नेता भीम रावलको उपस्थितिमा नागरिकको भिडभाड रोक्न नसकिएको साउँदको भनाई छ ।

फरक प्रसङ्गमा बोल्दै नेता साउँदको रामारोशन गाउँपालिका लगायतका ठाउँमा कैलाश खोलाको बाडी वितण्डाले क्षेती व्यहोरेका नागरिकलाई राहत वितरण लगायतका कार्य सञ्चालन गरिएको बताउनु भएको छ ।

बाढी पीडितलाई राहातसंगै विशेष गरी बाढीले तहस नहस गरेका सडक पूर्वाधार बाटोघाटो,बिद्युत् लयायतका पूर्वाधार निर्माणका लागी जोड दिइएको साउँदले बताउनुभयो ।

सती लोक मार्ग निर्माण,बुढिगंगा हाईडे पावर, बयालपाटा अस्पतालमा प्रयोगशाला निर्माणका नेकपाका नेता,सांसद र सरकारले बेवास्था गरेको आरोपको खण्डन गर्दै सचिव साउँदले प्रतिपक्षले आरोपकै लागी यस्तो आरोप लगाएको दाबी गर्नुभयो ।

रामारोशन क्षेत्रका नागरिकको जनजीवन सामान्य रुपमा फैलाउन आवश्यक क्रियाकलाप अगाडि बढाइएको उहाँको भनाई छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!