अछाममा एक दलीत युवकको हत्या : कुटपिट पछि होस नफर्किँदै गयो ज्यान

अछाममा एक युवकको हत्या भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया परिवहनमा स्थानीय दीपक टमट्टाको हत्या भएको हो ।
सामान्य विषयमा विवाद हुँदा स्थानीयको आक्रमणबाट घाइते भएका टमट्टाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको आफन्तले बताएका छन् ।
गत कार्तिक १९ गते राती घरमा रमाइलो गर्ने योजना सहित टमट्टालाई आफ्नै घरमा बोलाई स्थानीय दल बहादुर साउँद लगायतका युवाहरूले निर्घात कुटपिट गरेको आफन्तको भनाई छ ।
दल बहादुर साउँद लगायत युवाहरूको आक्रमणबाट घाइते भई उपचारका लागी कोहलपुर लगिएका अन्दाजी ३५ बर्षीया टमट्टाको उपचारका क्रममा यही मङ्सिर २ गते नै मृत्यु भएको भए पनि बिहीबार जिल्ला प्रहरी कार्यालयमा मृतकका आफन्तले जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो ।
आफन्हरुले बिहीबार जिल्ला प्रहरी कार्यालय अछाममा दल बहादुर साउँद लगायत ५ जनाको नाममा जाहेरी समेत दिएको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले बताउनुभयो ।
प्रहरी प्रमुख थापाका अनुसार टमट्टामाथी कुटपिट भएको २ दिनपछि मात्रै प्रहरीलाई जानकारी गराइएको थियो । उपचारको क्रममा टमट्टाको निधन भएपछि टमट्टामाथी कुटपिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ ।
टाउकोमा गम्भीर चोट लागेर बेहोस अवस्थामा रहेका टमट्टालाई उपचारका लागी बयालपाटा अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै आएको थियो ।
बेहोस अवस्थामा रहेका टमट्टाको होस नै नआई मृत्यु भएको मृतकका ज्वाँई भरत बि.कले जानकारी दिनुभयो । बिकका अनुसार टमट्टाको २ गते नै निधन भएको भए पनि हाल सम्म शवको पोष्टमार्टम समेत हुन सकेको छैन ।
शवको शनिवार बिहान पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताएका छन् ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस