बान्नीगढी गाउँपालिकाका २ जनामा कोरोना सङ्क्रमण : को हुन उनीहरू

बान्नीगढी जयगढ गाउँपालिकाका २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कमलबजार नगरपालिकाको प्रयोगशालामा शनिवार गरिएको परीक्षणमा बान्नीगढी जयगढ गाउँपालिकाका २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमण देखिएका दुवै जना पुरुष बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक वसन्त रावलले बताउनुभयो ।
सङ्क्रमण देखिएका पुरुष मध्य १ जना केही दिन अघि भारतबाट आएका र अर्का पुरुष बान्नीगढी जयगढ गाउँपालिकामा कार्यरत कर्मचारी हुन् ।
भारतबाट केही दिन अघि फर्किएका पुरुष होम आइसोलेसनमा बस्दै रहेका थिए भने अर्का पुरुष गाउँपालिकाको नियमित कामकाजमा खटिँदै आएका थिए ।
बान्नीगढी जयगढ गाउँपालिकामा कार्यरत १ कर्मचारीमा साता दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएपछि मङ्सिर ३ गते गाउँपालिकामा कार्यरत १९ जना कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो । कर्मचारीसँगै भारतबाट फर्किएका र सङ्क्रमितको सम्पर्कमा आएका ५ जनाको स्वाब सङ्कलन गरिएकोमा २ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
सङ्क्रमण देखिएका दुवै जना होम आईसोलसनमा बसेका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक रावलले बताउनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस