कुटपिटबाट ज्यान गुमाएका युवकको शव अछाम ल्याइँदै

सामूहिक कुटपिटबाट घाइते भई मृत्यु भएका अछामको युवकको अछाममै अन्त्येष्टि गरिने भएको छ ।

रामारोशन गाउँपालिकामा युवाहरूको सामूहिक कुटपिटबाट ज्यान गुमाएका दीपक टमट्टाको अछामको रामारोशन गाउँपालिकामा रहेको कैलाश खोलामा आइतबार अन्त्येष्टि गरिने भएको हो ।

स्थानीय दल साउँद लगायतका युवाहरूको समूहको कुटपिटबाट घाइते भएका टमट्टाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो ।

मङ्सिर २ गते निधन भएका टमट्टाको शव शनिवार पोष्टमार्टम पश्चात् अन्त्येष्टिका लागी अछाम ल्याइँदै गरेको उनका ज्वाँई भरत विकले जानकारी दिनुभयो ।

उपचारको क्रममा टमट्टाको निधन भएपछि उनीमाथि कुटपिट गर्ने विरुद्ध आफन्तले जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिई सकेका छन् ।

टाउकोमा गम्भीर चोट लागेर बेहोस अवस्थामा रहेका टमट्टालाई उपचारका लागी कोहलपुर मेडिकल कलेजमा लगिएकोमा उनको होस नै नआई मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् :-

अछाममा एक दलीत युवकको हत्या : कुटपिट पछि होस नफर्किँदै गयो ज्यान

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker