अछाम टिकाथली समाजको अध्यक्षमा लोकेन्द्र साउँद

अछाम टिकाथली समाजको अध्यक्षमा लोकेन्द्र बहादुर साउँद सर्वसम्मत चयन हुनु भएको छ ।
अछाम टिकाथली समाजको साधारण सभाबाट साउँद सर्वसम्मत समाजको अध्यक्षमा चयन हुनु भएको हो ।
अछाम जिल्लाबाट कामकाज तथा व्यवसायको सिलसिलामा काठमाडौँ टिकाथलीमा बस्दै आएका अछामी नागरिकहरूले सामाजिक एकताका लागी गठन गरेको अछाम टिकाथली समाजले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।
समाजको अध्यक्षमा सर्वसम्मत निर्वाचित भए पश्चात् अध्यक्ष साउँदले आफूलाई अध्यक्षको जिम्मेवारी दिनुहुने सवैमा धन्यवाद ज्ञापन गर्दै सामाजिक क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता जनाउनु भएको छ ।
साथै उहाँले अछाम जन्मस्थान भई हाल काठमाण्डौको टिकाथलीमा बसोबास गर्दै आएका अछामीलाई एकीकृत गर्दै अछामको सामाजिक क्षेत्रमा आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो ।
अध्यक्षमा निर्वाचित लोकेन्द्र साउँद अछाम रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया जन्मिनु भएको हो भने उहाँ हाल नेपाल बिद्युत् प्राधिकरणको सहायक निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ ।
साधारण सभाबाट अछाम टिकाथली समाजको उपाध्यक्षमा दुर्गा भण्डारी,सचिवमा मान बहादुर साउँद,कोषाध्यक्षमा कृष्णराज जोशी लगायतका सदस्य चयन गरिएका छन् ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस