Techie IT

विकास निर्माणका काममा इमानदारी पूर्वक काम गर्न नेकपा अध्यक्ष कुँवरको आग्रह


विकास निर्माणका काममा इमानदारी पूर्वक जनताका पक्षमा काम गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी अध्यक्ष एंब राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवरले आग्रह गर्नु भएको छ ।

चौरपाटी गाउँ पालिका सङ्गठन कमिटीले निर्माण गर्न लागेको मदन आश्रित स्मृति भवनको शिलान्यास गर्दै अध्यक्ष कुवरले हरेक पार्टी सदस्यले इमानदार अनुशासित भएर जनताको काम गर्न अनुरोध गर्नु भयो ।

पार्टी सङ्गठन विधि प्रणालीमा चल्ने भएकोले अध्यक्ष कुवरले पार्टी नेता तथा कार्यकर्ताले सधैँ इमानदार र अनुशासित भएर सङ्गठनका काम गर्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय सभाका सदस्य समेत रहेका कुवरले चौरपाटी गाउँ पालिकाको चौतर्फी विकासका लागि आफू सधैँ क्रियाशील भएर लागि रहेको बताउनु भयो ।

मदन आश्रित स्मृति भवनको शिलान्यास पछि भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) चौरपाटी गाउँ पालिका इन्चार्ज सचिवालय सदस्य रामबहादुर थापा सह इन्चार्ज रामबहादुर आउजी जिल्ला कमिटी सदस्य तथा गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउद जिल्ला कमिटी सदस्य राजेन्द्र कुवर लगायतका बक्ताले बोल्नु भएको थियो ।

चोथो जिल्ला कमिटीको बैठक बाट मनोनीत भएका प्रेस सङ्गठन नेपाल का केन्द्रीय सदस्य राजेन्द्र कुवरलाई चौरपाटी गाउँ पालिका सङ्गठन कमिटीले सम्मान समेत गरेको थियो ।

चौरपाटी गाउँ पालिका सङ्गठन कमिटीका अध्यक्ष झंकरबहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शंकरमान बोहराले सञ्चालन र झंकर खड्काले स्वागत गरेका थिए ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!