कर्मचारीमा कोरोना सङ्क्रमण : बान्नीगढी गाउँपालिका सिल नहुने

बान्नीगढी जयगढ गाउँपालिका सिल नहुने भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकामा शनिवार १ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिए पनि उनलाई होम आइसोलेसनमा राखी कार्यालय सञ्चालन हुने भएको हो ।
गाउँपालिकामा कार्यरत १ कर्मचारीमा कोरोना सङ्क्रमण देखिए पश्चात् पनि गाउँपालिका सेवा प्रवाहका लागी खुला नै रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सैलेशराज ढुङ्गानाले बताउनुभयो ।
कार्यालयका कामकाज प्रभावित हुन नदिनका लागी सङ्क्रमण पुष्टि भएका कर्मचारीलाई होम आइसोलेसनमा राखी कार्यालय सञ्चालन हुने अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।
शनिवार कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा बान्नीगढी जयगढ गाउँपालिकाका २ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण पुष्टि भएका २ जना पुरुष मध्य १ जना गाउँपालिकामा कार्यरत कर्मचारी हुन् ।
क्याटेगोरी : मुख्य समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस