Techie IT

वाक नेपालद्वारा खाद्यान्न तथा सरसफाइ सामाग्री सहयोग


वाक नेपाल अछामले जिल्लाका विभिन्न ठाउँमा खाद्यान्न र सरसफाइ सामाग्री वितरण गरेको छ।

वाक नेपाल र यूनेस्कोको साझेदारीमा संचालित कार्यमूलक साक्षरता कक्षामा सहभागी १४६ जना किशोरी तथा युवायुवतीलाई खाद्यान्न तथा सरसफाइ सामाग्री सहयोग गरेको हो ।

संस्थाले मंगलसेन नगरपालिकाका र चौरपाटी गाउँपालकिाका विभिन्न वडामा राहत वितरण गरेको हो। मंगलसेन नगरपालिकाका वडा न ३ र ४ र चौरपाटी गाउपालकिा वडा नं १ सिउडि २ र ३ सोकट, वडा नं ४ पायल र वडा नं। ५ लुंग्रा गरि १ सय ४६ जनालाई राहत वितरण गरेको वाक नेपाल अछामले जनाएको छ

यो सँगै अछाम जिल्लामा पटक पटक गरी तीन चरणमा वितरण गरिएको थियो जसमा चौरपाटी गाउँपालिकामा १६२ जनालाई, मंगलसेन नगरपालिकामा १४५ जनालाई र साँफेबगर नगरपालिकामा १०५ जम्मा ४१२ जना किशोरी तथा युवायुवतीलाई खाद्यान्न तथा सरसफाइ सामाग्री गरिएको छ ।

प्रति ब्यक्ति ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ किलो चिनी, २ लिटर तेल, ६ वटा साबुन, २५ वटा सर्जिकल मास्क, २० प्याकेट ९१४० वटा० स्यानेटरी प्याड, १२ जोडी ग्लोब, १ किलो सोडा, २ वटा हाते तौलिया, १ बोतल सेनिटाईजर, ४ वटा तुथ ब्रस र २ वटा तुथ पेस्ट लगायतका खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ ।

कोरोना भाइरस कोभिड १९ ले थुप्रै व्यक्तिहरु प्रभावित भएका र त्यसमा संस्थाले छनौट गरेका किशोरी र युवा महिलाहरू बढी समस्यामा परेकाले खाद्यान्न तथा सरसफाइ सम्वन्धीका सामाग्री वितरण गरिएको हो । हिजो एकै दिन ९ लाख बराबरको राहत वितरण गरिएको छ । प्रति ब्यक्ति ५ हजार ७ सय १९.५० का दरले हाल सम्म जम्मा २३ लाख ५६ हजार ४३४ बराबरको खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको जनाइएको छ ।

यस्तो अवस्थामा राहत पाएपछी स्थानीय निकै खुसी भएका छन् । मंगलसेन नगरपालिका वडा न ३ मा भएको कार्यक्रममा सांसद यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले संस्थाले राम्रो काम गरेकोमा प्रशंसा गर्दै समृद्ध समाज निर्माणका लागी स्थानीय सरकार सँग समन्वय गरी अघी बढ्न सुझाव समेत दिनुभएको छ ।

वडा अध्यक्ष पदमसींह भाटको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा, नेकपाका मीन बहादुर टमट्टा, वाक नेपालका अनुगमन तथा मूल्याङ्कन अधिकृत गङ्गा श्रेष्ठ , विपत व्यवस्थापन तथा न्युनकिरण अधिकृत शिवराज ढुङ्गाना , कल्पना बोहरा लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन वाक नेपाल एचअइभी टिवि परियोजनाका संयोजक कवीराज जोशीले गर्नु भएको थियो ।

चौरपाटी गाउँपालकिा वडा नं। १ मा वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौरपाटी गाउँपालकिा वडा नंम्वर १ का वडा सदस्य पदम बहादुर शाह रहनु भएको थियो । सामुदायकि सिकाई केन्द्र चौरपाटीका अध्यक्ष टेक बहादुर थापा, दलति प्रतनिधि डिल्ली कामी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन वाक नेपाल भकारी परयिोजनाका कार्यक्रम संयोजक प्रेम बिकले गर्नु भएको थियो ।

त्यस्तै चैरपाटी गाउँपालकिा वडा नम्वर ५ लुङग्रा र वडा नंम्वर ४ पायलमा वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा वितरण कार्यक्रमको सञ्चालन गरिएको थियो भने कार्यक्रमको संचालन वाक नेपाल एचआइभी टीबी परीयोजनाका लेखा अधकिृत कृती कुमार खडकाले गर्नु भएको थियो ।

तेस्तै चैरपाटी गाउँपालकिा वडा नम्वर २ र ३ मा वाक नेपालका कार्यक्रम प्रबन्धक चेतराज जोशीको अध्यक्षतामा वितरण कार्यक्रम भएको थियो । वडा नम्वर २ प्रमुख अतिथि महिला वडा सदस्य राजु साउँद र वडा नम्वर २मा प्रमुख अतिथि महिला स्वयंमसेविका धौली साउँद रहनु भएको थियो । कार्यक्रमको संचालन वाक नेपाल भकारी परियोजनाका मिल अधकिृत बम भट्टले गर्नु भएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस