Techie IT

सुपथ मूल्य पसल अछामबाट ३ सय क्न्टिल बढी चामल बिक्री


एकेन्द्र खत्री

दशै तिहारलाई लक्षित गर्दै अछाम जिल्लामा पहिलो पटक सञ्चालनमा आएको सुपथ मूल्य पसलमा ३ सय बढी क्न्टिल चामल बिक्री भएको छ ।

गत असोज २३ गतेदेखि मङ्सिर ६ गतेसम्ममा सुपथ मूल्य पसलबाट ३ सय ९ क्न्टिल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखाले जनाएको छ । दशै तथा तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दा अछाम जिल्लाका नागरिकलाई विभिन्न पर्व मनाउन सहज भएको उपभोक्ताहरूले बताएका छन् ।

चामलको उच्च माग रहेको अवस्थालाई मध्यनजर गर्दै माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अछाम शाखाका निमित्त प्रमुख हीरामणि जोशीले जानकारी दिनुभयो ।

साथै उहाँले चाडबाडको समयमा नागरिकका आवश्यकता र अपेक्षालाई पुरा गर्न सुपथ मूल्य पसलले विशेष भूमिका खेलेको पनि बताउनुभयो ।

संस्थाले अछामले विगतको बन्दा बन्दीको समयमा पनि नागरिकलाई भोकै नराखेको र आगामी दिनमा पनि नागरिकका आवश्यक्तालाइ परिपूर्ति गर्ने निमित्त प्रमुख जोशीले बताउनु भयो ।

सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याए संगै अछामाम पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत असोज २३ गते देखी सुपथ मूल्य पसल सं चालन गरेको थियो । सहुलियत मूल्य अन्तर्गत अरुवा मोटा चामल र सोना स्टिम विक्री वितरण गरिन्छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस