मेल्लेख गाउँपालिकामा ५ शय्याको कोभिड १९ अस्पतालको उद्घाटन

मेल्लेख गाउँपालिकामा कोभिड १९ अस्पताल निर्माण भएको छ ।
५ शय्याको कोभिड १९ अस्पतालको मङ्गलवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
अस्पतालको उद्घाटन मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले गर्नु भएको हो । अध्यक्ष बोहराले उद्घाटन गर्दै स्वास्थ्य सेवा लिनको लागि यस भेगका जनताले टाढा जानू पर्ने बाध्यता हटेको दाबी गर्नुभयो ।
कोरोना महामारीको बेला आकस्मिक स्वास्थ्य सेवा उपचार बाहेक अब मेल्लेख मै एमबिबिएस डाक्टरद्वारा सेवा दिइने अध्यक्ष बोहराले बताउनुभयो । मेल्लेखमा १५ शय्याको अस्पताल प्रारम्भकै क्रममा आज ५ शय्या अस्पतालको सुरुवात गरिएको उहाँको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहीको अध्यक्षतामा भएको अस्पताल उद्घाटन कार्यक्रममा पालिकाका समाजसेवी, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस