बान्नीगढी गाउँ कार्यपालिकाको बैठक सम्पन्न ,यस्ता छन् महत्त्वपूर्ण निर्णय

बान्नीगढी जयगढ गाउँ कार्यपालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको बैठकले १५ शय्याको अस्पताल निर्माणका लागी जयगढ स्वास्थ्य चौकी रहेको क्षेत्रमा नै १५ शय्याको अस्पताल निर्माण गर्ने,कृषि तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्ने गाउँपालिकाको केन्द्र भवन निर्माणका लागी जग्गा माग गरेकोमा डेढ रोपनी निःशुल्क रुपमा प्राप्त भइसकेकोमा ३ रोपनी जग्गा त्यस क्षेत्र वरपर सरकारी दररेटमा खरिद गर्ने लगायतका निर्णय गरेको छ ।
गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदका अनुसार जयगढ स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालका रुपमा स्तरोन्नति गर्ने शीर्षकमा बजेट आए अनुसार स्वास्थ्य चौकी रहेको क्षेत्रमै १५ शय्याको अस्पताल निर्माण गर्ने निर्णय गरिएको छ । यस्तै जयगढ बजारमा कृषि तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्ने निर्णय गरिएको छ ।
कृषि सहकारी संस्थासङ रहेको सवारी साधनलाई प्रयोग गरी कृषकले उत्पादन गरेका कृषि बाली,तरकारी कृषकको घरबाटै सङ्कलन गरिने र गाउँपालिकाका कर्मचारीलाई परिचालन गरी कृषि सङ्कलन मार्फत बजारीकरण गरिने उपाध्यक्ष साउँदले बताउनु भएको छ ।
गाउँपालिकाको प्रशासनिक भवनका लागी हाल गाउँपालिका कार्यालय रहेको क्षेत्रमा डेढ रोपनी जग्गा निःशुल्क प्राप्त भइसकेकोमा त्यस क्षेत्र वरपर ३ रोपनी जग्गा सरकारी दररेट अनुसार खरिद गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले बताउनुभयो ।
बाईट : लोक बहादुर साउँद
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस