महिला हिंसा विरुद्धको अभियान सुरु : महिला हिंसाबारे उपाध्यक्ष साउँदको भनाई यस्तो छ

अछाम जिल्लामा महिला हिंसा विरुदको १६ दिने अभियान सुरु भएको छ ।
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ अछाम सहित देशैभर यो अभियान सुरु भएको हो ।
बान्निगढी जयगढ गाउँपालीकामा पनि अभियानको उद्घाटन गरिएको छ ।
महामारीको समयमा विशेष गरी महिलाहरूलाई अत्यावश्यक सेवामा पहुँच नपुगेको तथा हिंसाका घटना बढेको उपाध्यक्ष साउँदको भनाई छ ।
महामारीका कारण रोजगारी गुमाएका पुरुषहरू गाउँमा आयपछि र जाँडरक्सीको सेवन गर्दै महिला माथि मानसिक तनाव र यौन हिंसा बढेका र सोही अनुसार आजबाट जनचेतना मूलक कार्यक्रम सहित अभियानको उद्घाटन गरिएको बान्निगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लोक बहादुर साउँदले बताउनु भयो ।
महिलाहरू आफूमाथि हुने हिंसाका विरुद्ध खुलेर बोल्न नसक्दा महिला हिंसा न्यूनीकरणमा चुनौती देखिएको उपाध्यक्ष साउँदको भनाई छ ।
सुनौ गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक साउँदसंग गरिएको यो कुराकानी….
कुराकानी लोक बहादुर साउँद