अछामको सामाजिक क्षेत्रमा काम गर्ने नव नियुक्त अध्यक्ष साउँदको प्रतिबद्धता (कुराकानी सहित )

अछाम टिकाथली समाजका अध्यक्ष लोकेन्द्र साउँदले अछाममा सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
अछाम टिकाथली समाजका नव नियुक्त अध्यक्ष साउँदले अछामको सामाजिक क्षेत्रमा समाजका तर्फबाट सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै अध्यक्ष साउँदले अछाम टिकाथली समाज काठण्माडैले अछामका सम्भावनालाई काठमाण्डौसंग जोड आर्थिक र सामाजिक समृद्धिका लागी कार्य योजना बनाई अगाडी बढ्ने बताउनु भएको हो ।
अछाम जन्म घर भई हाल काठमाण्डौँको टिकाथलीमा बसेर व्यवसाय,रोजगार,राजनीतिक क्षेत्रमा आबद्ध भएका सबै अछामीलाई जोडेर अछामका विभिन्न क्षेत्रमा आवश्यक रचनात्मक क्रियाकलाप सञ्चालन गरिने उहाँको भनाई छ ।
अछामबाट काठमाण्डौँमा जाने विद्यार्थी,बिरामी लगायत सर्वसाधारणलाई जस्तो सुकै समस्या पर्दा पनि समाजका तर्फबाट सकिने सहयोग गर्न आफूहरू तत्पर रहने उहाँले बताउनुभयो ।
नेपाल बिद्युत् प्राधिकरणको सहायक निर्देशक समेत रहनु भएका साउँदले अछामका गाउँ टोलमा बिजुली बिस्तार गर्न यस क्षेत्रका सरोकारवालासङ आवश्यक सहयोग तथा सहकार्य समेत गरिरहेको बताउनु भएको छ ।
अछामको विकासका लागी यस क्षेत्रमा प्रचुर सम्भावना बोकेको रामारोशन पर्यटकीय क्षेत्र,धार्मिक क्षेत्र,कृषि पर्यटक क्षेत्रमा युवाहरूलाई जोड्नुपर्नेमा समेत जोड दिनु भएको छ ।
कुराकानी : लोकेन्द्र साउँद
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस