Techie IT

बिहीबार कमल बजारमा गरिएको परीक्षणमा १ जनामा कोरोना पुष्टि


कमलबजार नगरपालिकाको कोरोना प्रयोगशालामा आज गरिएको परिक्षणीमा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल मंगलसैनमाबाट स्वाब सङ्कलन गरिएका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएका पुरुष मंगलसैन नगरपालिकाका रहेको बताइएको छ ।

प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्ट्का अनुसार बिहीबार मंगलसैन नगरपालिकाका ४ जना र कमलबजार नगरपालिकाका २ जनाको परीक्षण गर्दा मंगलसैन नगरपालिकाका १ जनामा सङ्क्रमण देखिएको हो ।

बिहीबार सम्म कमलबजार नगरपालिकाको प्रयोगशालामा १८६० वटा स्वाएको परीक्षण गरिएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस