ट्रेड युनियन काँग्रेस अध्यक्ष बजगाईँले यसरी मनाए छोराको जन्मदिन

समाजसेवी तथा नेपाल ट्रेड युनियन काँग्रेस अछामका अध्यक्ष चित्रराज बजगाईँले आफ्नो छोरोको जन्म दिन फरक तरिकाले मनाएका छन् ।

बजगाईँले छोराको जन्म दिनको अवसरमा वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामाग्री वितरण गर्दै जन्म दिन मनाएका हुन् ।

नेपालका चार धाम मध्येको एक वैद्यनाथ धाममा सञ्चालनमा रहेको बेदबिद्याश्रमका ३७ जना बटुकलाई २ सय २६ कापी र ३७ दर्जन कलम वितरण गर्दै जन्म दिन मनाएका हुन् ।

कान्छा छोरा रोमन बजगाईँ ११ वर्ष पुरा गरी १२ प्रवेश गरेको अवसरमा उनले सामाजिक परोपकारी काम गर्दै जन्म दिन मनाएका हुन् ।

अनावश्यक फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा परोपकारी काम गरेर जन्म दिन मनाउनु गर्नु आवश्यक ठान्दै बजगाईँले आफ्नो छोराको जन्म दिनमा उक्त कार्य गरेका हुन् ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker