Techie IT

पार्टी एकताका पक्षमा लाग्न सबै कार्यकर्तालाई इन्चार्ज साउँदको आग्रह


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बान्नीगढी जयगढ गाउँपालिका कार्यालय कमिटीको बैठक सम्पन्न भएको छ ।

गाउँ सङ्गठन कमिटी अध्यक्ष तरुण खड्काको अध्यक्षतामा भएको कार्यालय बैठकमा गाउँ सङ्गठन कमिटी इन्चार्ज लोक बहादुर साउँद प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै इन्चार्ज साउँदले गाउँपालिकामा गुट उपगुटमा पछि नलागी पार्टी एकताका पक्षमा लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

पार्टी कार्यकर्ता तथा जनताको चाहाना अनुसार नै पार्टी एकता भएको दाबी गर्दै इन्चार्ज साउँदले कुनै व्यक्ति समूहको स्वार्थका कारण नेकपा फुट्न नसक्ने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य जगत रावल,जिल्ला सदस्य तथा गाउँपालिका सह इन्चार्ज नवराज साउद,निर्मला साउद,डबल ठकुल्ला, जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रीय लेखा आयोगका सचिव रोशन कुमार भुल,कृष्ण कडायत,नरेन्द्र साउद अनेरास्ववियू केन्द्रीय कमिटी लेखा आयोग सचिव मदन भुल जिल्ला सल्लाहकार लाल कामी, रंग ठकुल्ला अनेरास्ववियू पूर्व जिल्ला अध्यक्ष तिलक ठकुल्ला लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

बैठकले पार्टी वडा कमिटीको बैठक तथा प्रशिक्षण गर्ने र पाटी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । बैठकको सञ्चालन सचिव जगत थापाले गर्नु भयको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस