५ शय्याको अस्पताल सञ्चालन पश्चात यस्तो छ गाउँपालिका अध्यक्ष बोहराको दाबी (कुराकानी सहित)

अछामको मेल्लेख गाउँपालिकामा सञ्चालनमा आएको कोभिड १९ अस्पतालबाट स्वास्थ्य सेवा सुरु भएको छ ।
गाउँपालिकाको केन्द्रमा स्थापना भएको ५ शय्याको कोभिड १९ अस्पतालबाट बुधवार मात्र ८ जना नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको अस्पतालका इन्चार्ज डाक्टर देवांसु भट्टले जानकारी दिनुभयो ।
कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित भएका नागरिकको उपचार गर्ने उद्देश्यले स्थापना भएको अस्पतालबाट अहिले अन्य दिर्घरोगी तथा मौसमी रुघाखोकी लगायतका विभिन्न बिरामीको उपचार गर्न थालिएको बताइएको छ ।
गाउँपालिकामा कोभिड १९ अस्पताल सञ्चालनमा आएसङै स्वास्थ्य सेवा लिनको लागि मेल्लेखका जनताले टाढा जानू पर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भएको छ ।
अध्यक्ष बोहराले रेडियो बान्नीगढी सँग संक्षिप्त कुराकानी गर्दै अस्पतालको दीर्घकालीन व्यवस्थापनका लागी गाउँपालिकाले थप रणनीति अपनाउने र थप सेवा विस्तारमा प्रयासरत रहेको बताउनुभयो ।
अस्पतालबाट अहिले १ जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स र अन्य कर्मचारीले स्वास्थ्य सेवा प्रवाह गरी रहेका छन् । मेल्लेखमा १५ शय्याको अस्पताल सञ्चालनको प्रारम्भकै क्रममा रहेको र यो अस्पतालबाट छिट्टै आकस्मिक स्वास्थ्य सेवा उपचार पनि प्रदान गरिने अध्यक्ष बोहराले बताउनुभयो ।
कुराकानी : बोहरा
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस