Techie IT

हिंसामा परेका महिलालाई निःशुल्क कानुनी उपचार सेवा प्रदान गर्ने अधिवक्ता भण्डारीको घोषणा (कुराकानी सहित)


कानुन व्यवसायी,अधिवक्ता मातृका प्रसाद भण्डारीले आर्थिक अभावका कारण कानुनी बाटो रोज्न नसकेर हिंसा सहेर बस्न बाध्य भएका महिलाहरूलाई निःशुल्क कानुनी उपचार सेवा प्रदान गर्ने घोषणा गर्नु भएको छ ।

रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी क्रममा अधिवक्ता भण्डारीले आर्थिक अभावका कारण कानुनी उपचार खोज्न नसकेको विपन्न महिलालाई निःशुल्क रुपमा कानुनी उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

अधिवक्ता भण्डारीका अनुसार आर्थिक अभावका कारण महिलाहरूले अव कानुनी उपचार खोज्न नसकी हिंसा सहेर बस्नु पर्ने छैन ।

महिलामाथि हुने हिंसा,कानुनी परामर्श र कानुनी उपचारका लागी भण्डारीले आफूलाई जुनसुकै समयमा पनि सम्पर्क गर्न सकिने बताउँदै व्यक्तिगत टेलिफोन नम्बर ९८४८४४७२५४ मा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

महिला हिंसा सम्बन्धी बनेका कानुन अनुसार अछाममा अदालती प्रक्रियाबाट कानुनी उपचार खोज्नेलाई कानुन अनुसार न्याय पाउन थालेको बताउँदै उहाँले अर्धन्यायीक निकायमा राजनीतिक तथा सामाजिक दबाबका कारण मुद्धाहरु मिलापत्रमा टुङ्गिनु दुःखद हुने बताउनु भएको छ ।

कुराकानी :-


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस