महिला हिंसा विरुद्धको अभियानलाई राजनीतिक अभियानसँगै जोडर लिनुपर्छ : अधिकारकर्मी कुँवर

महिला हिंसा विरुद्धको अभियानलाई राजनीतिक अभियानसङै जोडर लिनुपर्ने महिला अधिकारकर्मी पशुपति कुँवरले बताउनु भएको छ ।
कुनै व्यक्ति संस्थाले चाहेर मात्रै महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्ने बताउँदै महिला अधिकारकर्मी कुँवर महिला हिंसा विरुद्धको अभियानलाई राजनीतिक अभियानसङै जोड्नु पर्ने बताउनु भएको हो ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवशरमा रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै अधिकारकर्मी कुँवरले अछाममा विशेष गरी महिला हिंसा व्याप्त रहेको बताउनुभयो ।
महिला हिंसा अन्तर्गत घरेलु हिंसा,महिलामाथि कुटपिटका घटना व्याप्त रहेको उहाँको भनाई छ । जिल्लामा महिला अधिकारको क्षेत्रमा थुप्रै अभियानहरू सञ्चालन भए पनि खास गरी ग्रामीण क्षेत्रमा पीडित महिलासामु अभियानहरू पुग्न नसेको कुँवरले बताउनुभयो ।
संघाीयता कार्यान्वयन सँगै महिलाको क्षेत्रमा काम गर्ने गरी हरेक स्थानीय तहमा महिलाहरूलाई प्रतिनिधिको रुपमा अघि सार्दै न्यायिक समितिको जिम्मेवारी पाउँदा समेत महिलाको क्षेत्रमा आवश्यक बजेट विनियोजन र कार्यान्वयन हुन नसकेको उहाँले बताउनु भएको छ ।
आफूमाथि भएका हिंसाका विरुद्धमा न्यायिक तथा अर्धन्यायीक निकायमा उजुरी लिएर पुगेका महिलाहरूलाई राजनीतिक तथा सामाजिक दबाब दिएर मिलापत्र गर्न बाध्य पार्ने लगायतका कारण पनि महिलामाथि हुने हिंसाका घटना भई रहेका कुँवरले बताउनुभयो ।
महिला अधिकारकर्मी पशुपति कुँवरसँग गरिएको कुराकानी :-