मेल्लेखको षोडशासम्म बस सेवा सञ्चालनको तयारी

लाल बहादुर चदारा,अछाम

मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशादेवीमा सार्वजनिक बस सेवा सञ्चालन गर्न गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले सडकको अनुगमन गर्नु भएको छ ।

मेल्लेख गाउँपालिकाले सञ्चालनमा ल्याएको सार्वजनिक बस सेवा सञ्चालनका लागी सडकको अवस्थाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष बोहराले सडकको अनुगमन गर्नु भएको हो ।

मेल्लेख नन्देगडा जिरो प्वाइन्ट देखि षोडशादेवी वडा न ६ माडिगडा जोडने सडकको अवस्थाका विषयमा अनुगमन गरिएको बताइएको छ ।

सडकमा बस निरन्तर तथा सहज बस सञ्चालनका लागी सडकलाई चौडा गर्ने कार्यका लागी जेसिवी डोजर सहित खाल्डा खुल्डी पुरिएको र घुम्तीहरूलाई समेत चौडा बनाइएको छ ।

सडकको स्तरोन्नति भएसङै अव सोमबार देखि मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशादेवी सम्म पनि बस सेवा सञ्चालन हुने गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भएको छ ।

Tags

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker