Techie IT

बिराबगर ठाँटी ग्रामीण सडक मेल्लेखको अर्थमन्त्री बोहराद्वारा शिलान्यास


मेल्लेख गाउँपालिका वडा न ३ ठाटिको बिरा बगर ठाँटी ग्रामीण सडकको शिलान्यास गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले सडकको शिलान्यास गर्नु भएको हो ।

सडकको शिलान्यास गर्दै मन्त्री बोहराले अछामको विकासका लागी प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट विनियोजनका लागी आफूले भूमिका खेल्दै आएको बताउनुभयो ।

अछाममा प्रत्येक ग्रामीण बस्तीहरूलाई गुणस्तरीय सडक सञ्जालसँग जोड्न आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता अनुसार बिरा बगर ठाँटी ग्रामीण सडकका लागी ९० लाख विनियोजन गरिएको मन्त्री बोहराको भनाई छ ।

अछामका अन्य अन्य ग्रामीण क्षेत्रमा पनि सडक र पूर्वाधार निर्माणका लागी आफूले सक्दो बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

यस्तै मन्त्री बोहराले चुनावका समयमा जनताको घरदैलोमा गरिएका बाचाहरु क्रमस पुरा गर्दै आएको बताउनु भएको छ ।

अछामको स्वास्थ्य तथा शिक्षा क्षेत्रसंगै सडक निर्माण लगायतका ठाउँमा आवश्यक बजेट विनियोजन गर्दै जनताको ईच्छा चाहाना अनुसार काम गर्दै आएको मन्त्री बोहराले दावी गर्नुभयो ।

यसै बिच सडक उद्घाटन कार्यक्रममा बोल्दै मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले मेल्लेख गाउँपालिकाको विकासका लागी र जनताको सेवाका लागी गाउँपालिकामा सम्भव भए गाउँपालिकाबाट र गाउँपालिकाबाट सम्भव नभएका योजना सञ्चालनका लागी प्रदेश सरकारसंगको सहकार्यमा थुप्रै कामहरू पुरा गरिएको उल्लेख गर्नु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन
ट्याग : #मेल्लेख
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!