Techie IT

जयगढबाट मङ्सिर २ गते यता मात्र १ हजार बढी नागरिक जिल्ला बाहिरिए


दशैँ तथा तिहार सकिएसँगै अछाम जिल्लाबाट जिल्ला बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्न थालेको छ ।

दशै तथा तिहार मनाउ गाउँघर फर्किएका नागरिकहरू जिल्ला बाहिर जान थालेपछि जिल्लाबाट बाहिरिनेको सङ्ख्या बढ्दै गएको हो ।

रोजगारी तथा पढाईको सिलसिलामा देशका विभिन्न शहरसंगै देश बाहिर रहेका नागरिकहरू अछामबाट बाहिरिन थालेपछि अहिले अछामबाट बाहिरिने सवारी साधनमा यात्रुहरूको घुइँचो लाग्न थालेको छ ।

मङ्सिर २ गते देखी मङ्सिर १३ गतेसम्म अछामको जयगढबाट मात्रै १ हजार १ सय ३ जना बढीले अछाम जिल्लाबाट बाहिरिएका छन् । कोरोना भाइरस महामारीको चपेटामा परेका अछामका नागरिक पछिल्लो समय रोजगारीका लागी भारत जान थालेका हुन् ।

रिभर साइड यातायात प्रालिको टिकट काउन्टरबाट यही समयमा ३ सय ८८ जनाले टिकट लगी जिल्ला बाहिरिएको  रिभर साइड यातायात जयगढ काउन्टरका प्रतिनिधि रमेशराज तिमिल्सैनाले बताउनुभयो ।

यस्तै सुदूरपश्चिम यातायात प्रालि शाखा कार्यालय जयगढबाट मङ्सिर २ गते ३४ जना ३ गते ७५ जना, ४ गते ४५ जना, ५ गते १२१ जना अछाम जिल्लाबाट बाहिरिएका हुन् ।

काउन्टर क्षेत्रमा सर्वसाधारणको भिड

सुदूरपश्चिम यातायात प्रालिबाटै ६ गते ३२ जना, ७ गते ३२ जना, ८ गते २० जना,९ गते १६ जना, १० गते ८५ जना, १२ गते १०५ जना र १३ गते १ सय भन्दा धेरैले धनगढी कैलाली लगायतका ठाउँका लागी टिकट लिएको काउन्टर इन्चार्ज वसन्त मोहन स्वारले बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!